No.1 News Portal from Sudurpashchim Province
bajaj

आज लोकतन्त्र दिवस

गोकुलेश्वर । १९ दिने आन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ ।

२०६३ वैशाख ११ गते अर्थात् आजकै दिन आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो दिवस मनाउने गरिएको हो।विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेका थिए। त्यसपछि २०६१ माघ १९ गते मन्त्रिपरिषदको अध्यक्षसमेत आफै गर्ने निर्णय गरेका थिए।

pm office

माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादीबिच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएको थियो। सोही सहमतिको आधारमा आन्दोलन भएको थियो। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनपछि २०६३ सालमा वैशाख ११ गते संसद पुनःस्थापना भएको थियो।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहितका घोषणा गरेको थियो। सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो।

गोकुलेश्वर । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।

पहिलो संविधानसभाले संविधान बनाउन सकेन। दोस्रो संविधानसभाबाट २०७२ अशोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ। वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रूपमा स्मरण गरिन्छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.