No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तक बिक्री–वितरण सुरु

गोकुलेश्वर । जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तकको बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीबाट प्रदेशका पुस्तक व्यवसायीलाई गत मंगलबारबाट पाठ्यपुस्तक बिक्री सुरु भएको हो । पहाडी जिल्लामा पुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षाको प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बताए ।

pm office

सुरुका दुई दिन प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पुस्तक ढुवानी भएको जनक शिक्षाले जनाएको छ । प्रदेशका अन्य जिल्लामा पनि पालैपालो पाठ्यपुस्तक ढुवानीको कार्यतालिका बनाइएको छ । प्रादेशिक कार्यालय प्रमुख कुँवरले शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी ढुवानी थालिएको बताए । उनले यहाँ खपत हुने संख्यामध्ये करिब ८० प्रतिशत ढुवानी भइसकेकाले पाठ्यपुस्तक अभावको समस्या नहुने दाबी गरे । जनक शिक्षाले आउने शैक्षिक सत्रमा प्रदेशभरि १२ कक्षासम्मका १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ । चालू शैक्षक सत्रमा जनक शिक्षाले प्रदेशमा १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको थियो । एसइई परीक्षा सकिएलगत्तै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि ढुवानी सुरु गरिने जनक शिक्षाले जनाएको छ ।

‘बिक्री लक्ष्यको करिब ८० प्रतिशत पाठ्यपुस्तक धनगढी आइपुगेको छ । गोदाममा भण्डारणको क्षमता नभएर बाँकी पाठ्यपुस्तक ढुवानी हुन नसकेको हो,’ कुँवरले भने, ‘आजबाट बिक्री सुरु गरेका छौँ, बिक्रीकै क्रममा थप पाठ्यपुस्तक ढुवानी गर्छौँ ।’ जनक शिक्षाले पाठ्यपुस्तक बिक्रीका लागि प्रदेशभरि एक सय ६५ पुस्तक व्यवसायीलाई अनुमति दिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.