No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

गोकुलेश्वर । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रवार राति साढे ९ बजेको समयमा घरमा चट्याङ लाग्दा एकै परिवारका ७ जना घाइते भएका हुन्। एक जनाको भने मृत्यु भएको छ।

pm office

मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, उनको श्रीमती २५ वर्षीया निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन्।

यस्तै धनबहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उनको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्। घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चौधरीले बताएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.