No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपहाडमा होलीको रौनक सुरु

गोकुलेश्वर । फागुन / चैत शुक्ल एकादशीका दिन बाट पाचँ दिनसम्म मनाइने होली पर्वको रौनक सुदूरपश्चिममा सुरु भएको छ ।
पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा भने पाँच दिनसम्म होली मनाइने प्रचलन रहि आएको हो ।

pm office

होलीमा गाईने भगवानको महिमा एउटै भएपनि खेल्ने तरीका फरक फरक छ । होली मनाउने दिन र तरिका ठाउँ अनुसार फरक फरक हुने गर्दछ । होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । होलीलाई विशेष गरी असत्य माथी सत्यको विजयका रुपमा खुसीयालीका साथ मनाइने गरिन्छ । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ ।

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी प्रल्हादकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको जानकारहरु बताउँछन ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.