No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा बाघको छालासहित नौगाडका धामी पक्राउ

गोकुलेश्वर । दार्चुला प्रहरीले बाघको छालासहित एक जना युवालाई पक्राउ गरेको छ ।

pm office

दार्चुला प्रहरी र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले नौगाड गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षिय शेरसिंह धामीलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा धामीलाई मार्मा गाउँपालिकाबाट बाघको छालासहित पक्राउ गरेको दार्चुला प्रहरी प्रमुख शिव बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार युवालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.