No.1 News Portal from Sudurpashchim Province
bajaj

भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

गोकुलेश्वर । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घट्टेकसाडका ५३ वर्षिय दलबहादुर धामीको भिरबाट लडेर मृत्यु भएको हो।

pm office

शुक्रवार घरबाट नौगाड गाउँपालिकाको केन्द्र होपरिगाड गएका धामी राति अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा आज बिहान घट्टेखोला भिरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रवार नौगाड गाउँपालिकाको स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भिरबाट लडेर ज्यान गएको हुन सक्ने अनुमान छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.