गोकुलेश्वर महोत्सव मा आज देउडा गायक महेश कुमार औजि तथा चर्चित मोडेल झरना बोहरा लगायतका कलाकार हरु आउदै
गोकुलेश्वर। “कृषि पर्यटन हाम्रो सान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ वाइड नेपालको आयोजनामा दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वरमा २५ गते हिजो देखि बृहत साँस्कृतिक महोत्सव’सुरु भएको छ। स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुको उजार गरी संरक्षण गर्ने उद्देश्यले महाशिवरात्री मेला २०८० को अवसरमा यहि फागुन २५ गते देखि ३० गते सम्म गोकुलेश्वरमा महोत्सव हुन लागेको हो । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उक्त महोत्सवका कार्यक्रम संयोजक पूर्ण बहादुर साउँदले बताउनुभयो ।

यस्तै आज चर्चित देउडा गायक महेश कुमार औजि त्यसैगरी चर्चित मोडेल झरना बोहरा , गयक बिक्रम कुमार , दिपेन्द्र ओलि लगायतका कलाकार हरु आउने कार्यक्रम संयोजक पुर्ण बहादुर साउदले सेतिकाली डटकम लाई जानकारी गराएका छन ।
यस्तै; विभिन्न ठाउमा सहयोग गरिराख्ने खेलाडी कलाकारहरुलाइ हौसला सहयोग गरिराख्ने समाजसेवी तथा युवा नेता भोज राज जोशी (क्वालिटी) को कम्पनी क्वालिटी आल्मुनियम स्टिल एण्ड UPVC कार्यक्रमको मुख्य प्रायोजक रहेको छ। धेरै दर्शकहरुले महोत्सव अवलोकन गर्ने र मनोरञ्जनका साथै सचेतनामुलक कार्यक्रम महोत्सव भित्र हुने कार्यक्रम संयोजकले बताउनु भयो ।



