No.1 News Portal from Sudurpashchim Province
bajaj

महाशिवरात्रीको रौनक सुरु, भगवान शिवको पूजा–आराधना गरी मनाईंदै

गोकुलेश्वर । आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। देशका विभन्न शिव मन्दिरहरुमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ।

pm office

महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ। महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ।आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.