गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वर माविका एक जना अग्रज शिक्षकको बिदाइ गरिएको छ । ४१ वर्ष शिक्षण गरेर सेवानिवृत हुनुभएका अग्रज शिक्षक गणेश राज बिष्टको एक औपचारीक कार्यक्रमका बिच बिदाइ गरिएको हो ।

शिक्षक बिष्ट माद्यमिक तहको प्रथम श्रेणीबाट अवकाश प्राप्त भएका हुन् । २०३९ साल फागुन २३ गतेदेखि शिक्षण पेशामा प्रवेश गरि २०८० माघ ८ गते अनिवार्य अवकाश हुनुभएका शिक्षक बिष्टको गोकुलेश्वर मावि परिवारले विदाइ गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका पुर्व जिल्ला अध्यक्ष समेत रहेका विष्ट हाल शैल्यशिखर नगरपालिकाका शिक्षा विज्ञ रहेका थिए ।
