No.1 News Portal from Sudurpashchim Province
bajaj

पूर्वमन्त्री बडूले खरिद गरी पठाएका स्वास्थ्य सामग्री हस्तान्तरण

गोकुलेश्वर। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले खरिद गरी पठाएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । जिल्लावासीको जीउधनको सुरक्षा र थोरै भए पनि स्वास्थ्य कार्यालयलाई सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको केन्द्रिय सदस्य बडूको सचिवालयले जनाएको छ ।

कोरोनाको महामारी फैलिरहेका बेला देशभर स्वास्थ्य सामग्री अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै केन्द्रिय सदस्य बडूले स्वास्थ्य कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको हो । केन्द्रिय सदस्य बडूले स्वास्थ्य कार्यालय मार्फत जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गर्न समेत आग्रह गरेकोे छ । उक्त स्वास्थ्य सामग्री केन्द्रीय सदस्य बडूको अनुपस्थितिमा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्ट र जिल्ला अस्पतालका प्रमुख डाक्टर आदर्श लिम्बुलाई हस्तान्तरण गरेकोे हो।

pm office

केन्द्रिय सदस्य बडूले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताल दार्चुलालाई १-१ थान अक्सीजन कन्सन्टे«टर उपलब्ध गराएको छ । यस्तै स्वास्थ्य कार्यालय दार्चुलालाई ३५ हजार थान मास्क, ७० थान गगल फेस सिल्ड, ५० थान फुल कभर फेस सिल्ड, ७० लिटर सेनिटाइजर, ३५ थान पल्स अक्सीमिटर, ९ थान ज्वरो नाप्ने थर्मल गन, ३५ थान पिपिई सेट र २ हजार थान ग्लोब्ज हस्तान्त्रण गरिएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले कोरोना महामारीका बेला अमूल्य मानव जीवनको रक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै केन्द्रिय सदस्य बडूलाई विशेष धन्यवाद ज्ञापन गरेको थियो । यसैबीच केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बडूले धनगढीको हरिप्रिया प्रकाश फाउन्डेशनसंग १ सय वटा अक्सिजन सिलिण्डर रिफिलिङ्गका लागि सम्झौता गरेको छ ।

उनले स्वास्थ्य कार्यालय दार्चुला, स्वास्थ्य कार्यालयले तोकेका सरकारी वा निजि स्वास्थ्य संस्था, नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुला र केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको सचिवालयबाट सिफारिस भई आएका खाली अक्सिजन सिलिन्डरलाई रिफिलिङ्ग गर्नका लागि सम्झौता गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.