No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका वडा अध्यक्ष डाँगाको लेखापाल बिष्टलाई ‘सिध्याई दिने’ धम्की

गोकुलेश्वर। दार्चुलाका एक वडा अध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने धम्की दिएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई कार्यालयमै गएर फर्जी बिल भुक्तानी नगरेको भन्दै मारिदिने धम्की दिएका हुन् ।

अध्यक्ष डाँगाले लेखापाल बिष्टलाई फर्जी बिलको भुत्तानी नगरेको निहुमा ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्ड लामो अडियो सार्वजनिक भएको छ । 

pm office

सोे अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको एक चेक पनि नकाटिस है विजय जी चेक काट्यो भने मारि दिउला माकस्सम भन्नलाछु,चेक काटिसभने तेरो कानमा हान्छु, भोलीदेखि त लेखाको काम नगरिस,लेखामा आएर सल्लाह नगर्ने लेखामा आएर काम नगरि हुने हो भनेका छन् ।’

त्यस्तै, सो अडियोमा लेखापाल बिष्ट भुक्तानीका लागि आएको फायल नियमअनुसार नमिल्ने,सो फायलमा लिखित रुपमा मैले लेखेको छु,हाकीम सरसँग सल्लाह गर्न आग्रह गर्छन् । तर,अध्यक्ष डाँगा भन्छन्, ‘म किन गरु हाकीस सरसँग सल्लाह,म कसैलाई पेस गर्दैन,तपाईको उपचार गर्छु अनी पेस गर्छु, तेरो कार्यालयमा वडा नम्बर ५ को अध्यक्षको ताल्चा लाग्छ । ’

यो विषयमा वडा अध्यक्ष डाँगाको ९८४८८४०७८७ मा फोनगरि बुझ्न खोन्दा फोन अफ छ । यता, लेखापाल बिष्टसँग फोन सम्पर्क गर्दा उनको फोन समेत अफ छ ।

अडियो सेतीकालीसँग सुरक्षित छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.