No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका धर्मानन्द च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगर पालिका—४ काँडापारीका  धर्मानन्द भट्ट च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै छन् । 

आठ वर्ष पहिले भट्ट भारतको एक च्याउ फर्ममा काम गन्र्ये । च्याउ खेतीबारे ज्ञान हासिल गरेर नेपाल फर्किएका भट्ट अहिले आफ्नै गाउँमा च्याउ खेती गरेर वार्षिक रुपमा मनग्य आम्दानी गरिरेहका छन् । उनले विगत ३ वर्षदेखी आफ्नै घरमा च्याउ फर्म सञ्चालन गरेका छन् ।

उनी अहिले च्याउ खेतीबाट मासिक रुपमा ७० हजार बढी अम्दानी गर्दै आएका छन् । उनले ५० हजारको लगानीबाट च्याउ खेती सुरु गरेका थिए । अहिले करिब १४ लाख सम्मको लगानी च्याउ खेतीमा गरेको भट्ट बताउँछन् ।

‘म र बुवा मार्केटिङ गर्छौ । घरका अन्य सदस्यहरुले फर्ममा रेखदेख गर्छन् । च्याउ खेतीबाट मासिक रुपमा ७० हजार बढीको अम्दानी हुन्छ । च्याउ खेती सुरु गरेको ३ वर्ष भयो ।सुरूको बेला परिवारमा च्याउ खेतीको बारेमा कसैलाई थाहा नभएका कारण पैसा डुब्ने होकि भन्ने चिन्ता थियो । विस्तारै आम्दानी राम्रै हुन थाल्यो । अहिले घरपरिबारको पनि साथ छ ।’ उनले भने ।

अहिले उनीले आफ्नै जमिनमा च्याउ फर्म सञ्चालन गरिरहेका छन् । सो फर्मबाट यत्वादन भएको च्याउ स्थानीय बजार गोकुलेश्वर,बलाच, मार्माको लटिनाथ,नौगाड,बैतडीको गोकुलेश्वर,गन्ना लगायतको स्थानीय बजार सम्म बेच्ने गरेका छन् । साथै उनले च्याउ सँगै बाख्रा पालन समेत गरेका छन् ।

pm office

स्थानमा सरकारबाट सहयोग मिल्यो भने अझै राम्रो र बढी उत्पादन गर्ने भट्ट बताउँछन् । दार्चुला सहित बैतडीको बजार सम्म च्याउ पुगाउने लक्ष्य उनको छ । यस्तै करिब ३,४ जनालाई रोजगारी समेत दिने योजना रहेको उनको भनाई छ ।

उनले च्याउ खेतीका लागि ५,६ वटा टहरा बनाएका छन् । च्याउ सहित च्याउको बिउ उत्पादनको लागि उनीसंग आफ्नै प्रयोगशाला छ । प्रयोगशाला स्थापना गर्नको लागि कृषि ज्ञानकेन्द्र दार्चुलाले १ लाख ६० हजार आर्थिक सहयोग गरेको छभने बाँकी ४ लाख लगानी उनी आफैले गरेका हुन् ।

अहिले स्थानीय,प्रदेश र संघिय सरकार छ ।सरकारले युवाहरूलाई स्वदेशमै रोक्ने भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तर, भट्टलाई कसैले पनि सहयोग नगरेपछि उनले आफ्नै लगानीमा च्याउखेती गरेका हुन् ।

च्याउ खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले दार्चुला,बैतडी लगायतका च्याउ खेती गर्न खोज्ने किशानहरुले सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.