No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा भीरबाट लडेर एक महिलाको मृत्यु

गोकुलेश्वर।दार्चुलामा भीरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

pm office

जिल्लाको शैल्यशिखर नगरपालिका—८ झरकडा (पतेगैर) की ५० वर्षीया अम्बिकादेवी जोशीको मृत्यु भएको हो ।

बुधबार (आज)दिउँसो साढे ३ बजेतिर घर नजिककैको पहिराधारमा घाँस काट्न गएका बेला भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनी भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन् । मृतक जोशीका श्रीमान,२ छोरा र १ छोरी छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.