No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपहाडमा नरहरी पर्वको रौनक सुरु

pm office

गोकुलेश्वर । सुदूरपहाडमा नरहरी पर्वको रौनक छाएको छ ।
मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले अहिले रौनक छाएको हो । नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ ।

माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको छ । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन समेत रहेको छ । दार्चुला सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), सेल, तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.