गोकुलेश्वर । दार्चुला जिल्लाको गोकुलेश्वरमा शैल्यशिखर नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ ।

सोमबार आज स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।
नगर खेलकुद विकास समिती अध्यक्ष महेश भण्डारीको अध्यक्षता एवंम नगर प्रमुख विजय सिह धामीको प्रमुख आथित्यता एवम दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
प्रतियोगिताको उद्दघाटन सत्रमा नगर उप प्रमुख, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । यही पौष २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नगरभरीका १३ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।



