No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एक महिला मृत फेला

गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा एक महिलाको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ पथरानी रुक्साल खोलामा सोमबार बिहान महिलाको शव फेला परेको हो।

pm office

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती महिलाको परिचय भने खुलेको छैन। करिब ३५ वर्षीया ती महिला भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन्।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.