गोकुलेश्वर। राष्ट्रिय युवा संघ दार्चुला अध्यक्ष एवं शैल्यशिखर नगर खेलकुद विकास समिति अध्यक्ष महेशसिंह भण्डारीले आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित वादी समुदायका गरिब,विपन्न तथा आमा बुवा गुमाएका टुहुरा बालबालिकालाई आफ्नो व्यक्तिगत तर्फबाट १५ परिवारका बालबालिकालाई ज्याकेट, टोपी, ट्राउजर, मफलर लगायतका न्याना लुगाहरु वितरण गरेका हुन् ।

चिसोका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै वादी समुदायका टुहुरा तथा विपन्न बालबालिकालाई न्याना लुगाहरु वितरण गरेको अध्यक्ष भण्डारीले बताए ।
उनले भने,“चिसो समय छ,वादी समुदायका आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई चिसो छल्न केही राहात होस भनेर मेरो व्यक्तिगत तर्फबाट न्यानो लुगा वितरण गरेको हु । गरिब तथा विपन समुदायका बालबालिकालाई अझै आगामी दिनहरुमा सहयोग गर्ने छु । ”
न्यानो लुगा, ज्याकेट, टोपी, ट्राउजर, पाउँदा बालबालिका खुसी भएका छन् । न्यानो लुगा प्राप्त भएपछि यो वर्षको चिसो छल्न उनीहलाई राहत भएको छ ।



