गोकुलेश्वर।दार्चुलाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा दुई जर्मन नागरिक आउने भएका छन् ।

गाउँपालिकास्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।
उनका अनुसार दुवै जनाले खण्डेश्वरी माविमा स्वयंसेवक शिक्षकको रुपमा काम गर्ने छन् । यसले शिक्षा क्षेत्रमा विदेशी स्वयंसेवक शिक्षक भित्र्याउन सहज हुने छ । शिक्षा क्षेत्रको विकासका लागि यसले सहयोग पुर्याउने अध्यक्ष बोहराले दाबी छ ।



