No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर प्रहरीले‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम अन्तर्गत वादी समुदायमा अन्तरक्रियात्मक कार्यक्रम गर्यो

गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाले ‘अल्पसङ्ख्यक समुदायसँग प्रहरी’ कार्यक्रम अन्तर्गत शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित वादी समुदायमा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

इप्रका गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको टोलीले न्याय, कानुन, प्रहरी, प्रशासनसम्बन्धी जानकारीको अभावमा विभिन्न समस्या झेल्दै आएका यहाँका वादी समुदायकाको न्यायमा पहुँच बढाउन उनीहरुसँग सुखदुःख बुझ्न अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

प्रहरी निरीक्षक ऐरीले वादी समुदायले सुविधा लिँदा भोग्नु परेको समस्या, कुनै पनि घटना हुँदा प्रहरी समक्ष पुग्न नसकेर अपराध सहन गरेर चुपचाप बस्दै आइरहेका समस्या, छुवाछुत,घरेलु हिंसा, महिला हिंसा, मदिरा नियन्त्रण र गरिबीका कारण उपचारमा समस्यालगायतका सामाजिक हिंसाको न्यूनीकरणका बारेमा जानकारी गराएका हुन् ।

pm office

वादी समुदायका व्यक्तिले आफूहरुले भोग्नुपरेका समस्या, घरेलु हिंसा, महिला हिंसा, मदिरा नियन्त्रण लगायतका सामाजिक हिंसा भड्काउने तथा बढाउने तत्वको पहिचान गर्दै यसको न्यूनीकरणमा प्रहरी सक्रिय हुनुपर्ने सुझाव दिएका छन् ।

आफना विभिन्न समस्या प्रहरी समक्ष निर्धक भएर पोखिरहेका र आफूहरु कुन समस्याबाट कसरी जोगिने भनेर इन्सपेक्टरकै मुखबाटै सुनेर आत्मबल बढेको मकुट वादी बताउँछिन् ।

उनले समुदायमा हुने आपराधिक घटना न्यूनीकरण,आफ्ना हकअधिकार तथा पहुँचका लागि आवाज उठाउन सक्षम भएको र अन्यायमा परेका बेला प्रहरी प्रशासनसम्म पुग्न आँट आएको भन्दै खुसी व्यक्त गरिन ।

यस कार्यक्रमले प्रहरी र नागरिकबीचको सहकार्य तथा हातेमालोबाट अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम हुने प्रहरी निरीक्षक ऐरीको विश्वास छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.