No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

गोकुलेश्वर। दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिला तर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक आज बिहान करिब १०: ४० बजे राताकाठामा परेको हो ।

pm office

ट्रक सडकबाट करिब ३०० मिटर तल महाकाली नदी किनारामा खस्दा दुहु गाउँपालिका —३ ब्रहमदेब बस्ने अन्दाजि बर्ष ४०/र४५ का करन सिंह बोहराको घटनास्थलमै नै मृत्यु भएको प्रहरीले जनाएको छ।

ओभर लोड भएकाले ब्रेक फेल हुँदा ट्रक दार्चुला—तिन्कर सडक अन्तर्गत दुहु गाउँपालिका—३ राताकाठामा दुर्घटना भएको हो ।

सवारि चालक फरार छन् । घटनास्थलमा प्रहरी खटिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.