No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एक वृद्धको कंकाल भेटिएको

गोकुलेश्वर। दार्चुलामा एक वृद्धको कंकाल भेटिएको छ । जिल्लाको दुहुँ गाउँपालिका—४ पोक्से दोरजेर बस्ने ७५ वर्षिय धनसिंह लोथ्यालको कंकाल फेला परेको हो ।

शुक्रबार लोथ्यालको कंकाल स्थानीयहरुले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा दुहुँ गाउँपालिका—४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

pm office

 स्थानीयहरुले कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ । उनी घरबाट गत जेठ देखि सम्पर्क विहिन थिए । उनको विगत लामो समय देखि मानसिक सन्तुलन बिग्रेको थियो ।

गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन् । 

घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक लोथ्यालको घरमा श्रीमती र बुहारी छन् । केही समय पहिले उनका छोरोको समेत मृत्यु भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.