No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाडवासीले ६ वटै वडाबाट पाउनेछन् सहुलियत दरमा आयोडिन नुन

गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले ६ वटै वडा कार्यालयबाट सहुलियत दरमा आयोडिन नुन वितरण गर्ने भएको छ ।

साल्ट टे«डिङ्ग कर्पोरिशन लिमेटेड धनगढीले गाउँपालिकाका लागि ५ सय २१ क्विन्टल आयोडिन नुनको ठेक्का सम्झौता गरेकोमध्ये २ सय क्विन्टल नुन पालिकाको केन्द्र होपरीगाड सम्म ढुवानी भइसेकोले पालिकाका ६ वटै वडा कार्यालयहरुबाट सहुलियत दरमा नुन वितरण कार्य सञ्चालन हुने गाउँपालिकाका प्रवत्ता राजेन्द्रसिंह बोहराले बताए ।

उनका अनुसार धनगढीदेखि होपरीगाड सम्म ठेकेदारले नुन ढुवानी गर्ने छभने होपरीगाडदेखि सबै वडा कार्यालय सम्म गाउँपालिकाको खर्चमा ढुवानी गरेर जनतालाई सहुलियत पुर्ण दर ९ रुपैयामा वडा कार्यालयहरुबाट वितरण हुने छ ।

pm office

गत २९ भाद्रमा गाउँकार्यपालिकाको बैैठकले प्रत्येक वडा कार्यालयसम्मको ढुवानी गाउँपालिकाले व्यर्होने र वडा कार्यालयका कर्मचारीहरुलाई खटाएर सहुलियत पुर्ण दरमा आयोडिन वितरण गर्ने निर्णय भए बमोजिम वितरण कार्य अगाडि बढेको हो । वडा कार्यालय खुल्ने समय देखि बन्द हुने समयमा नुन वितरण हुने छ ।

संविधान दिवसको दिनदेखि वडा नम्बर ६ ले धुलीगडाबाट सहुलियत दरमा आयोडिन नुन वितरण कार्य सुरु गरेको वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता बोहराले बताए ।

गाउँपालिका अन्य वडाहरुले पनि नुन वितरण गर्ने तयारी गरिरहेका छन् । सहकारी संस्थाहरुमार्फत १२ रुपैयामा नुन बिक्रि वितरण हुँदै आएकोमा अब ९ रुपैयामै प्रत्येक वडा कार्यालयमै नुन उपलब्ध हुने छ । वडा कार्यालयबाटै ९ रुपैयामा आयोडिन नुन पाउने भएपछि स्थानियलाई निकै सहज हुने छ ।

आयोडिन नुन बिक्रि डिपोमा प्रति प्याकेट ९ रुपैयाँमै नुन वितरण भइरहेकोले गाउँपालिकाका नागरिकले पनि ९ रुपैयाँमै सहज रुपमा आयोडिन नुन पाउन भन्ने लक्ष्यका साथ वडा कार्यालय सम्मको भाडा गाउँपालिकाले व्यर्होने निर्णय गरि नुन वितरण कार्य अगाडी बढाएको  गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताउँछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.