No.1 News Portal from Sudurpashchim Province
bajaj

भ्याक्सिन लगाएका कुखुरा नै त्यही रोगबाट मर्न थालेपछि विदेशमा स्वाब लगेर परीक्षण गर्ने तयारी

गोकुलेश्वर। रानीखेतलगायत रोगविरुद्ध खोप लगाएका कुखुराहरु नै त्यसै रोगका कारण मर्न थालेपछि यसबारे थप अनुसन्धान सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले यसबारे थप अनुसन्धान गरिरहेका छन् ।

pm office

यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले पनि यसबारे थप अनुसन्धान गरिरहेको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिए। रानीखेतविरुद्धको भ्याक्सिन नेपालमा पनि उत्पादन हुँदै आएको छ । एफ वान, लासोटा र आर दु बी भ्याक्सिनको प्रभावकारिताबारे समेत विज्ञहरुले अनुसन्धान सुरु गरेका छन् ।

यो वर्ष विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा धेरै कुखुराहरु मरेका छन् । अहिले लोकल कुखुरा, हाँस, गिरिराजलगायत कुखुराहरुमा बढी समस्या देखिएको र आवश्यक अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि परामर्शका लागि स्वाब विदेश पढाउने तयारी भएको प्रवक्ता ढकालको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण समयमै स्वाब विदेश पठाउन ढिला भएको उनले बताए । यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले भ्याक्सिन राम्रोसँग नलगाउँदा सबैभन्दा धेरै समस्या आएको निष्कर्ष निकालेको छ । राम्रोसँग भ्याक्सिन लगाउन सकियो भने जोखिम कम गर्न सकिने तर समस्या भने रहेको विभागका उपमहानिर्देशक डा.रामनन्दन तिवारीले जानकारी दिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.