No.1 News Portal from Sudurpashchim Province
bajaj

मेरो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ : इन्सपेक्टर ऐरी

गोकुलेश्वर । इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिँह ऐरीले सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित गरिएका
समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सेतीकाली अनलाइनसँग कुरागर्दै प्रहरी निरीक्षक ऐरीले सञ्चारमाध्यममा आफ्नो नाम जोडेर गलत, भ्रामक, तथ्यहिन समाचार प्रकाशित गरिएकोप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

pm office

उनले भने, ‘मेरो नाम जोडेर मालिकार्जुनको गौरा पर्वका दिन मादक पदार्थ सेवन गरि चौतली चौर भन्ने स्थानमा एक स्थानीयलाई कुटपिट गरि कुटपिटमा संलग्नलाई भगाउन सहयोग गरेको र शैल्यशिखरका पूर्वमेयर अमरसिँह धामीको आग्रहमा भगाउन सहयोग गरि मेयर धामीसँग होटलमा बसि रक्सी सेवन गरेको भन्ने तथ्यहिन, भ्रामक, जनतामाझ प्रहरीमाथिको विश्वासलाई गिराउने, मेरो बदनाम गर्ने हिसाबले र शान्ति सुरक्षालाई खलबल्याउने किसिमको अनलाइन सञ्चार माध्यमले समाचार प्रकाशित गरिएकोप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

‘यहि २१ गते मालिकार्जुन गौरा पर्वको सुरक्षामा मेरो कमान्डमा टोली खटिएको थियो। हामी सबै शान्ति सुरक्षा व्यवस्थापनमा लागी परेका थियौं। चौतली चौरमा केही ब्यक्तीहरूबीच लफडा भएको खबर पाउने बितिक्कै मैले २ जना असइको टोलीसहित गाडी मन्दिर परिसरबाट घटनास्थलमा पठाए । म हिडेर आए। घटनास्थलमा हामीपुग्दा घटना साम्य भइसकेको थियो,’ उनले थपे, ‘जाडरक्सी सेवन गरेर दुवै पक्षबीच झगडा भएको रहेछ। घटनाबारे बुझ्दा दुवै पक्ष आफन्त र एकै गाउँका रहेछन्। त्यहाँ दुवै पक्षले हाम्रो घरको सामान्य विवाद हो, हामीले समाधान गरिसक्यौँ। रक्सी सेवन गरेर होहल्ला गर्नेलाई सम्झाई/बुझाइ गरेर घर पठाइ सकेका छौँ भनेपछि हामी घटनास्थलबाट फर्केका हौं।’

त्यस्तै, प्रहरी निरीक्षक ऐरीले पूर्वमेयर धामीसँग होटेलमा बसेर रक्सी सेवन गरेको र धामीकै आग्रहमा कुटपिटमा संलग्न भएको भन्नेमा कुनै पनि सत्यया नरहेको दाबी गरे।

प्रहरी निरीक्षक ऐरीकै आग्रहमा केही दिन अगाडिमात्रै घरको छतबाट लडेर गम्भीर घाइते भएका शैल्यशिखर नगरपालिका-१ बलाच ५ वर्षिय बालक आरुश खडायतलाई हेलिकप्टरमार्फत उद्धार गरि कोहलपुर पठाइएको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.