No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाकी १४ वर्षीया जेलिनाको डेंगु संक्रमणका कारण मृत्यु

गोकुलेश्वर। दार्चुलामा डेंगु संक्रमणका कारण एक स्कुले बालिकाको मृत्यु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा ९ कक्षामा अध्ययनरत १४ वर्षीया जेलिना चैसिरको उपचारका क्रममा मृत्यु भएको हो ।

pm office

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापक राजेश सिंह सामन्तका अनुसार डेंगु लागेपछि बालिकालाई उपचारका लागि भारत उत्तराखण्डको हल्द्वानीस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बालिकाको मृत्यु भएको सामन्तले बताए ।सुरुमा बालिकालाई सामान्य ज्वरो आएको थियो ।

उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो ।उनमा डेंगुका लक्षण देखिएपछि भारतको पिथौरागढ लगिएको थियो । उनको अवस्था थप जटिल बनेपछि हल्द्वानी रेफर गरिएको थियो ।

बालिकाको मृत्युमा राष्ट्रिय मावि दत्तुले आज आइतबार एक दिन शोक बिदा दिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.