No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट मृत्यु

गोकुलेश्वर । कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु भएको छ।बेलौरी नगरपालिका–८ पचुइ, स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको हो।

pm office

अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी ल्याइएका उनको सोमबार राति मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए।

बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.