गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिकाको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
डिलाशैनी गाउँपालिकाको यामाहा कम्पनीको एक्स टीजेड १५० मोटसाइकल कागजपत्र नभएको र नम्बर प्लेट नराखी चलाई रहेको अवस्थामा मंगलबार ट्राफिक प्रहरीले दार्चुलाको गोकुलेश्वरबाट नियन्त्रणमा लिएको हो ।
कुनै पनि कागजपत्र नभएको र नम्बर प्लेट समेत नभएको अवस्थामा चलाईरहेको गाउँपालिकाको मोटरसाइकललाई नियन्त्रणमा लिएको अस्थायी ट्राफिक पोष्ट गोकुलेश्वरका सहायक हवल्दार मिनबहादुर नाथले बताए ।
‘डिलाशैनी गाउँपालिकाको मोटरसाइकल विना कागजपत्र र सरकारी नम्बर प्लेट हुनुपर्ने ठाउँमा नम्बर प्लेट नै नराखी चलाई रहेका थिए ।’ उनले भने,‘विना कागजपत्र र सरकारी नम्बर प्लेट हुनुपर्ने ठाउँमा नम्बर प्लेट नै नराखी मोटरसाइकल चलाइएको थियो ।

वनटेस्ट भनेर मोटरसाइकल चलाइएको थियो । हामीले मंगलबार नियन्त्रणमा लियौं ।अहिले सम्म मोटरसाइकल लिन आधिकारीक मान्छे आएको छैन् । कागजपत्र सहित गाउँपालिकाको आधिकारिक मान्छे आए मात्रै हामी मोटरसाइकल छोड्छौं ।’
मोटसाइकल अहिले अस्थायी प्रहरी चेक पोष्ट गोकुलेश्वरमा छ । सो मोटरसाइकलालई डिलाशैनी गाउँपालिकाका कर्मचारी भन्दा अरुले बढी हाकिरहेकका हुन्छन् ।
वनटेस्ट भनेर चलाइरहेको सो मोटरसाइकल करिब २ वर्ष अगाडी खरिद गरिएको थियो । अहिले सम्म मोटरसाइकलमा सरकारी नम्बर प्लेट राखिएको छैन् ।
यो विषयमा डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी(९८५८७३६९९३),उपाध्यक्ष भगिरथ बोहरा (९७६९८७३१७०) र प्रवक्ता यज्ञ भट्ट (९८६५४८९७९७) को फोन नम्बरमा सम्पर्क गरि बुझ्न खोज्दा उनीहरको फोन स्विच अफ थियो ।




