सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री धामीले पठाएको स्वास्थ्य सामग्री गोकुलेश्वर अस्पताललाई हस्तान्तरण
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका उद्योग, वन ,वातावरण तथा पर्यटन मन्त्री मान बहादुर धामी (सन्तोष) ले पठाएका स्वास्थ्य सामग्री गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमित व्यक्तिहरुका लागि औषधी किट, २ थान मेडिसिन किट,५ थान अक्सिजन सिलिन्डर , ५ थान रेगुलेटर, २५ एन्टिजोन किट ,पेपर माक्स , एन ९५ माक्स , थर्मोमिटर, अक्सिजन मिटर ,सेनिटाइजरहरु लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु बिहिबार गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गरेको नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र दार्चुलाका नेता अशोक सिंह धामीले बताए।
जिल्लामा रहेका कोरोना संक्रमित बिरामीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गरेको उनका स्वकिय सचिव प्रेम सिंह धामीले बताए।
मन्त्री धामीले पठाएका उक्त स्वास्थ्य सामग्री उनका स्वकिय सचिव प्रेमसिंह धामी र माओवादी केन्द्र दार्चुलाका नेता अशोक सिंह धामीले संयुक्त रुपमा अस्पताललाई हस्तान्तरण गरेका थिए ।



