No.1 News Portal from Sudurpashchim Province
bajaj

पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्यो : रवि लामिछाने

गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गर्नुभएको छ ।

pm office

झापाको बिर्तामोडमा आज शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताउनुभएको हो ।

सभापति लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउँदै राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने उल्लेख गर्नुभयो । ‘नागरिकका धेरै कुरा उठाउनु छ’, उहाँले भन्नुभयो, चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० गते अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईँलगायतका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.