गोकुलेश्वर । रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई थप्पड हानेर घाइते बनाएका छन् ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझ करिब सवा ४ बजे कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णुबहादुर थापालाई गालामा थप्पड हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सौराहाको सीआरसी होटलमा गएर बोहराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले थप्प प्रहार गरेका हुन् । बोहराले कति पैसा मागेका थिए भन्ने खुलेको छैन ।
ढाडमा चोट लागेका थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।



