No.1 News Portal from Sudurpashchim Province
bajaj

बीमा रकम हत्याउन खराब टिपरमा आगो झोस्ने मालिकसहित तीन जना समातिए

गोकुलेश्वर । बिग्रिएर थन्किएको टिपरमा आगो लगाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ललितपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

pm office

पक्राउ पर्नेमा रामेछापको मन्थली–१२ का ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुलीको दुधौली–१४ का २५ वर्षीय रंगबहादुर बुढाक्षेत्री र रामेछापको मन्थली–१२ का ३३ वर्षीय भीमसेन खत्री रहेका छन् । गत साउन १२ गते राती राखेकै ठाउँमा आगजनी भएको भन्दै टिप्परका मालिक प्रदिपले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी गरेका थिए ।

अनुसन्धानका क्रममा खत्रीसहितको योजनामा उनिहरुले नै टिपरमा आगो लगाएर विमा रकम हत्याउन खोजेको ललितपुर प्रहरीले दाबी गरेको छ । प्रहरीका प्रदिपले १३ महिना अघि मासिक किस्तामा रकम भुक्तान गर्ने गरी १३ लाख रुपैयाँमा उक्त टिपर लिएका थिए ।

तर चार महिनाअघि देखि उक्त टिपर गोदावरी नगरपालिका–१२ ठेचोस्थित नख्खु खोलामा थन्क्याएर राखिएको अनुसन्धानका क्रममा खुलेको छ । बनाउन धेरै पैसा लाग्ने भएपछि आगजनी गरेर विमा रकम लिने योजना उनिहरुले बुनेको प्रहरीको दाबी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.