No.1 News Portal from Sudurpashchim Province
bajaj

चितवनको टिकौली जंगलमा ८ सवारी साधन एक–अर्कासँग ठोक्किए

२० जना घाइते

गोकुलेश्वर।चितवनको भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा ८ वटा सवारी साधन एक–अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन् ।

बुधबार आज ११ बजेर ४० मिनेटमा ८ वटा सवारी साधन एक–आपसमा ठोक्किँदा २० जना घाइते भएका हुन् ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट २० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर—९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

त्यसपछि बा. प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् । 

घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ ।

pm office

सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर(१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते भएको डिएसपी पण्डितले बताए।

रत्ननगर-१४ का पुर लामा, रत्ननगर-१४ कै बुद्रिराम तामाङ, रत्ननगर-१६ का रेशम पोखरेल, रत्ननगर-१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर-४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

शव बोकेको बलेरो गाडीमा सवार नवलपुरको गैंडाकोट-८ का लोकराज लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर-१४ बस्ने ३३ वर्षका शंकर परियार, सोही मोटरसाइकलमा पछाडि बसेका रत्ननगर-१४ कै दिवेश शाक्य, बोलेरो गाडीमा सवार रत्ननगर-१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर-३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बसका चालक नवलपुरको गैंडाकोट-९ बस्ने २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्। प्रहरी चौकी गोन्द्राङबाट करिब ५ सय मिटर पूर्वमा उक्त दुर्घटना भएको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.