No.1 News Portal from Sudurpashchim Province
bajaj

धरानमा डेंगु संक्रमण : हर्कलाई ‘हर्ष न विस्मात’, लामखुट्टेका लार्भा मार्न विद्यार्थीलाई उर्दी

गोकुलेश्वर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले डेंगु नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’का लागि विद्यार्थीहरुलाई परिचालन गर्न उर्दी जारी गरेका छन् । उनले मंगलबार पत्राचार गरेरै विद्यार्थीहरुलाई लामखुट्टे मार्ने अभियानमा लगाउन उर्दी जारी गरेका हुन ।

‘धरानमा डेङ्गु महामारीका कारण थुप्रै विद्यार्थी, शिक्षक, कर्मचारीहरु लगायत थुप्रै जनसमुदायहरु विरामी परिरहेको सबैलाई विदितै छ’ पत्रमा भनिएको छ–‘धरान उपमहानगरपालिकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक मंगलबार र शुक्रवार विद्यालय समयबाहेकको समयमा आफ्नो घर, छरछिमेक तथा समुदायमा डेङ्गु सार्ने लामखुट्टेको लार्भाको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्न विद्यार्थीहरु परिचालन हुने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ ।’

pm office

उनको यो पत्रपछि सामाजिक सञ्जालमा मात्र होईन, धरानमै पनि विरोध भईरहेको छ। ‘आफुले वास्ता नगर्ने अनि बालबालिकाको सहारा लिने ?’ भन्दै उनीमाथि प्रश्न उठेको छ। ‘बिद्यार्थी पढ्न गएका हुन कसैको लार्भा समाउन हैन’ भन्दै जवाफ दिने पनि धेरै देखिएका छन् ।

कुमार एएस पौडेल नामका फेसवुक प्रयोगकर्ताले कमेन्ट गरेका छन्–‘हुनत मैले जति राम्रो कमेन्ट गरेपनि हर्केका लार्भाले आफ्नो मातृभाषामा रिप्लाई दिन छोड्ने भएनन। तर पनि बिद्यार्थीलाई विद्यालय समय पछाडि अर्थात साँझमा लार्भा मार्न पठाउनु भनेको लामखुट्टेलाई टोकाउन पठाउनु जस्तै हो। किनकि डेङ्गुको मच्छड साँझमै सक्रिय हुन्छन। सबै बिद्यार्थीसँग सेफ्टी पनि हुँदैन। बिचार पुर्याउनु होला।’

धरानमा १० हजारभन्दा वढिलाई डेंगु संक्रमण पुष्टि भएको छ । लक्षण देखिएर परीक्षण गराउनेमध्ये ७१ प्रतिशतमा डेंगी पोजिटिभ देखिएको हो । संक्रमितमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

यो तथ्यांक विभिन्न स्वास्थ्य केन्द्रमा जाँच गर्न आउनेहरूको मात्र हो । डेंगी संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । धरानमा महामारीका रूपमा फैलिएको डेंगी संक्रमणलाई तीन तहकै सरकारले बेवास्ता गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.