No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा गौरा पर्व ७ गते कि २१ गते ?

मालिकार्जुनको भेलाले मिति तय गरेन

गोकुलेश्वर। दार्चुलामा गौरा पर्वबारे ज्योतिषहरूनै आपसमा विभाजित भएपछि यो वर्ष भदौ ७ र २१ गते दुई दिन गौरा पर्व मनाइने अवस्था देखिएको छ । जिल्लामा भदौ ७ गते मनाउने कि भदौ २१ गते मनाउने भन्ने विषयमा अझै ठोस निर्णय भएको छैन् ।

२२साउनमा देशकै सातौं धाम मालिकार्जुनमा ज्योतिषहरूको भेलाले भदौँ २१ गते गौरापर्व मनाउने निष्कर्ष निकाल्यो । तर,भेलाले गौरापर्व कहिले मनाउने भन्ने मिति भने तय गरेनन् । 

शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज अनुसार नै दूर्वाष्टमी (गौरा) पर्व मनाउन र सुदूरपश्चिममा अगस्थीको उदय २०८० भदौ २२ गते हुने भनि सोही अनुसार गौरा पर्व मनाउनु पर्ने मालिकार्जुनको भेलाले निर्णय गर्यो ।

जिल्लाभरीका पण्डित तथा ज्योतिषहरुको बैठक मालिकार्जुनमा बसेर गौरा पर्व कति गते मनाउने भन्ने मिति तय गरेनन,भेलाले मात्रै सुदूरपश्चिममा अगस्थीको उदय २०८० भदौ २२ गते हुने र सोही अनुसार गौरा पर्व मनाउनु भपन निर्णय गर्यो ।

भेलामा ७ गते र २१ गते दुबै दिनको पक्षमा ज्योतिषहरूले बहस गरे । केही ज्योतिषले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार ७ गते गौरा पर्व मनाउनु पर्ने तर्क राखे पनि भेलाले गौरा पर्व २१ गते मनाउँने कि ७ गते मनाउँने भन्ने मिति तय गरेनन् ।

सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने बताउँदै आएको छ । 

सरकारले विसं २०७७ पुस २० मा समितिको गठन आदेश स्वीकृत गर्र्दै तिथि, मिति, चाडपर्वसम्बन्धी निर्णय गर्ने काम, कर्तव्य, अधिकार तोकेको थियो । गौरापर्व भदौ २१ गते मनाउनु पर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चाङ्गको भनाई छ ।

यस वर्ष भदौ २१ गते गौरा पर्व मनाउनुपर्ने भनी प्रचारप्रसार गरिएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त दिन बिहान चार बजे अगस्त्य उदय हुने हुँदा पर्व मनाउन उपयुक्त नहुने पञ्चाङ्गकार डिल्लीराज जोशी बताउछन् । शास्त्रीय ग्रन्थमा अगस्त्य उदय भएपछि गौरापर्व मनाउन नहुने उनको दाबी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त अठोला पात्रोले यसअघि पनि शास्त्रसम्मत् निर्णय दिएकाले गौरा पर्व भदौ ७ गते नै मनाउनु शास्त्रसम्मत् हुने जनाइएको छ । 

मानसखण्ड पञ्चाङ्गमा गौरापर्व भदौ २१ गते मनाउनुपर्ने भनी भ्रम सिर्जना गरिएको जोशी बताउँछन् ।

मानसखण्ड पञ्चाङ्गमा गौरापर्व भदौ २१ गते मनाउनुपर्ने भनी भ्रम सिर्जना गरिएको जनाउँदै पञ्चाङ्गकार दिल्लीराज जोशीले उक्त पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिएको बताउछन् । 

pm office

अठोला पञ्चाङ्गका कानुनी सल्लाहकार जगत जोशी, पञ्चाङ्गकार डिल्लीराज जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले मानसखण्ड पात्रोले फैलाएको भ्रमका पछि नलाग्न आग्रह गरेका छन् ।

सुदूरपश्चिममा अगस्थीको उदय २०८० भदौ २२ गते हुने भनि मालिकार्जुन भेलाले निर्णय गरेपनि गौरा पर्वको मिति तय नगरेको अठोला पञ्चाङ्ग सदस्य दिलानन्द जोशीले बताए । 

उनले भने,‘भाद्र ७ गते मनाइने गौरा पर्व (दुर्वाष्टमी )व्रतको सन्दर्भमा केही स्थानीय ज्योतिषहरुले गणित र शास्त्रको आधार नभई भाद्र २१ गते (दुर्वाष्टमी व्रत) गौरा पर्व मनाउने भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेपाल सरकारद्वारा मान्यता प्राप्त पञ्चाङ्गहरु विरुद्ध संचार माध्यमहरुमा गैरकानुनी रुपमा तथ्यहीन प्रचार प्रसार गर्ने गरेको पाइएकोले त्यस्तो निराधार भ्रमको पछि नलागि यस वर्षको गौरा पर्व सास्त्रीय मान्यता अनुसार अगस्तीको उदय पछि मनाउन अशुभ हुने भएकाले अगस्तीको उदय भाद्र २० गते भैसक्ने हुदा भाद्र ४ गते बिरुडा पञ्चमी र भाद्र ७ गते दुर्वाष्टमी व्रत (गौरा) पर्व मनाउन अति उत्तम हुन्छ ।’

गैरकानुनी रुपमा आधारहीन गलत प्रचार प्रसारगरि रहनु भएका ज्योतिष वर्गलाई पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ बमोजिम आधिकारिकता प्रदान गरेर मात्र सर्वसाधारण जनमानसमा तथ्य सहितको सत्य सन्देश दिन हुन समेत उनले आग्रह गरे ।

शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज अनुसार १८ गते नै बिरुडा पञ्चमी र २१ गते दूर्वाष्टमी गौरा पर्व मनाउनु उपयुक्त रहेको ज्योतिष हरिदत्त जोशी बताउछन् । 

सुक्ल पक्षमा दुर्गाष्टमीको ब्रत परेमा जेष्ठा नक्षत्रको भोग हुनै पर्ने र जेष्ठा नक्षत्रको पुजाआजा महिलाहरुले गर्नैपर्ने तथा कृष्ण पक्षमा गौराष्ठमी परेमा अष्ठमीको दिन रोहणी नक्षत्रले भोग गरेको हुनैपर्ने शास्त्रीय मान्यता रहेकोले ७ गते भन्दा २१ गतेको गौरा नै उपयुक्त रहेको उनको दाबी छ ।

दार्चुलाका अधिकांश अठोलासहितका ज्योतिषहरूले ७ गते नै गौरा शास्त्र, परम्परा र विधिसम्मत रहेको बताउँदै आएका छनभने केही अठोलासहितका ज्योतिषहरूले २१ गतेको गौरा शास्त्र, परम्परा र विधिसम्मत रहेकोले १८ गते पञ्चमी र २१ गते गौरा पर्व मनाउनु पर्नेमा जोड दिदै आएका छन् । 

ज्योतिषहरूनै आपसमा विभाजित भएपछि दार्चुलामा यो वर्ष भदौ ७ र २१ गते दुई दिन गौरा पर्व मनाइने अवस्था देखिएको छ ।

गौरापर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइन्छ ।

पछिल्लो समय काठमाडौंमा गौरापर्वको अवसरमा डेउडा लगायत विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् ।

एउटै तिथिमितिमा हुनुपर्ने गौरापर्व यो वर्ष ज्योतिषहरूको फरकफरक दृष्टिकोणका कारण दुई तिथिमितिमा हुने देखिन्छ । 

पञ्चाङ्ग निर्णायक समितिले ७ गते र मानसखण्ड पात्रोमा आधारित ज्योतिषहरूले २१ गते गौरा मनाउने भनेपछि विवाद छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.