No.1 News Portal from Sudurpashchim Province
bajaj

दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)

गोकुलेश्वर । रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय माग्दै बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ ।

मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई आज सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ ।

सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध आरती साहका आफन्तले गएको असारमा किटानी जाहेरी दिएका थिए ।

आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन्। आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन् । गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

आरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो ।

pm office

तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्यासम्बन्धी दुरुत्साहन कसुरमा जबर्जस्ती जाहेरी दिन लगाएको थियो ।

तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेका थिए। त्यसपछि प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

२ वर्षअघि विवाह भएकी आरतीको माइती पक्षले २५ लाख रुपैयाँ दाइजो दिएका थिए । तर आरतीका पति र उनका ससुराले दाइजो कम ल्याएको भन्दै आरतीमाथि दुर्व्यवहार गर्दै आएका थिए । पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्त्यमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ ।

न्याय नपाएपछि उनीहरू काठमाडौँ आएका थिए। यस क्रममा प्रहरीले १८ जना पुरुष र २ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.