गोकुलेश्वर । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीतर्फ लागेका नेताहरू पछिल्लो समय एमालेमा फर्किन थालेका छन् ।

शनिबार नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले फर्किन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा एमालेमा स्वागत गरे ।
हालसम्म नेकपा एसबाट ३१ जना केन्द्रीय सदस्यहरूले एमालेमा फर्किसकेका छन् । यस्तै ३ जना पदाधिकारी र १४ जना जिल्ला अध्यक्षहरू पनि एमालेमा फर्किएका छन् ।



