No.1 News Portal from Sudurpashchim Province
bajaj

युके बसेकी युवती काठमाडौं बोलाएर बलात्कार गर्ने धनगढीका बिजेन्द्र पक्राउ

गोकुलेश्वर । कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंह पक्राउ परेका छन् । 

युके (बेलायत) बस्दै आएकी युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

pm office

सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरेका थिए। सिंहले ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

असार ३१ गते बिजेन्द्रले ती युवतीलाई एअरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित हिमालय होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेको थियो। 

उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दर्ता भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.