No.1 News Portal from Sudurpashchim Province
bajaj

सय किलो सुनमा नाम मुछिएपछि भागेका रोहन अडुकिया विमानस्थलबाट समातिए

pm office

गोकुलेश्वर । सय किलो सुन तस्करीको अनुसन्धान लगत्तै फरार रहेका व्यापारी राकेश अकुडियाका छोरा रोहन अकुडिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरे लगत्तै भागेर दिल्ली गएका उनी नयाँ दिल्लीबाट इन्डिगो विमानमार्फत काठमाडौँमा उत्रिए लगत्तै पक्राउ परेका हुन् ।
अडुकियाको बाबु–छोरा नै फरार भएपछि राजश्व अनुसन्धान विभागले यी दुवैको राहदानीको विवरण पठाएर विमानस्थल अध्यागमनमा ब्ल्याकलिस्टमा राखेको थियो ।
राजश्व अनुसन्धान विभागको पत्रको आधारमा रोहन पक्राउ परेकाले विमानस्थल प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमै बुझाउने भएको छ। अहिले सय किलो सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ ।
नेपालमा सेयर,अटो अनि चाँदीको कारोबारमा संलग्न राकेश अडुकियाको घरमा राजश्वले छापा मार्दा बाबु–छोरा नै त्यहाँ थिएनन्। राकेश विवादित पृष्ठभुमीका ब्यापारी हुन्। उनको साथमा भारतीय राहदानी रहेको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.