No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा यार्सा संकलन गर्दा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु

गोकुलेश्वर। दार्चुलामा यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिह धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

pm office

अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका धामीको भीरबाट लडेर शनिबार मृत्यु भएको नौगाड गाउँपालिका ४ का अध्यक्ष नन्दनसिह धामीले जानकारी दिए ।

जेठ पहिलो साता यार्सागुम्बा संकलनको लागि आफ्ना काका रघुबीरसिह धामीसँगै महेश लोलु पुगेका थिए । मृतक गणेश विनायक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत रहेका थिए । यो वर्ष यार्सागुम्बा संकलनको क्रममा तीन जना अपिहिमाल गाउँपालिका र १ जना नौगाड गाउँपालिकाका संकलकको मृत्यु भईसकेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.