गोकुलेश्वर । सदन नियमित चलाउन माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभामुख देवराज घिमिरेलाई लिखित पत्र बुझाएको छ ।

साउन १० यता संसदका दुवै सदनको बैठक प्रमुख विपक्षी एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् ।
आजका दुवै सदनको बैठक पनि एमालेको अवरोधका कारण चल्न नसकेपछि रास्वपाले सभामुख घिमिरेलाई पत्र बुझाएको हो ।




