
गोकुलेश्वर । काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका– १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री वस्त्रमा लुकाएको अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएको हो । बरामद सुनको अन्दाजी तौल २४ तोला रहेको बताइएको छ ।
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



