No.1 News Portal from Sudurpashchim Province
bajaj

सेती प्रादेशिक अस्पतालमा थप ३५ जनामा कोरोना पुष्टि

गोकुलेश्वर। सेती प्रादेशिक अस्पतालमा आइतबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा ३३५ जनाको नमुना परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

pm office

जसमध्ये १ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका ११ जना र अन्य जिल्लाका २३ जनामा संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट १३ जना डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा ३७ जना संक्रमित उपचाररत छन्। १३ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा उपचाररत रहेको रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप २ जना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको घोडाघोडी नगरपालिका–१ का ७९ वर्षीय पुरुष र कञ्चनपुरको बलौरी नगरपालिका–९ की ७६ वर्षीया महिलाकोे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.