No.1 News Portal from Sudurpashchim Province
bajaj

संखुवासभाको कारागारमा कैदीबन्दीबीच कुटाकुट, दुई जनाको मृत्यु

गोकुलेश्वर । संखुवासभाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा विनोद तोलङ्गगी र आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

pm office

’कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,’ प्रजिअ कार्कीले भने ।

कार्कीका अनुसार विनोद र आकाश भाग्ने उद्देश्यले जेलको शौचालयको रड काटेर बाहिर निस्किएका थिए । तर, ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जेलमै राखेको थियो ।

प्रजिअ कार्कीले कारागारभित्र कैदीबन्दीबीच भएको झडपको घटनाबारे अनुसन्धान भइरहेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.