No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग १८ अठार घण्टादेखि अवरुद्ध, पूर्ण संचालनमा आउन साता लाग्ने

गोकुलेश्वर। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अठार घण्टा देखि अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत कैलालीको गोदावरी देखि खानीडाँडासम्म बिभिन्न स्थानमा पहिरो गएको छ ।

बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिँएपछि यातायात अवरुद्ध भएको हो । पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात पनि ठप्प छ ।

पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

विभिन्न कामले पहाडबाट तराई झर्ने यात्रुहरु कैलालीको बुढितोलासम्म यातायातका साधनमा आएपनि त्यहावाट गोदावरीसम्म आउन सकिरहेका छैनन ।

कोही १ घण्टाको उकालो छिचोलेर वारिपट्टी हिडेरै आईरहेका छन भने विरामी, अशक्त भने अलपत्र परेको स्थानीयले बताएका छन ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन चुनौती भईरहेको छ । गएराति आएको बाढिले गोदावरी नदी किनारमा रहेका पसल तथा अस्थायी टहराहरु बगाएको छ ।

pm office

विगत लामो समयदेखि गोदावरी नदी किनारको मन्दिर क्षेत्रमा व्यापार गर्दै आएकाहरुले सोमवार राति देखि परेको अविरल वर्षाका कारण आएको बाढिले सबै पसल तथा सामान वगाएर लगेको  छ।

अवरुद्ध रहेको बाटो डोजर र स्काइभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको छ भने अशक्त विरामी हरुलाई नेपाली सेनाले वारी, पारी गराउन मद्दत गरिरहेको छ ।

संघीय सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरि प्रसाद सुवेदीले अत्तरिया–डडेल्धुरा सडक खण्डको विभिन्न क्षेत्रमा गएको पहिरोले वाटो अवरुद्ध भएको र कैलालीको बुढितोलामा करिव ४ सय मिटर बाटो नै भासिएकोले अवरुद्ध वाटो खोल्न केहि दिन लाग्ने बताएका छन् ।

उनले तराईबाट ७ पहाडी जिल्ला जोड्न एक मात्र भीमदत्त राजमार्ग भएकाले यात्रुहरुलाई असहज हुने तर कार्यालयको तर्फवाट जति सक्दो चाडो बाटो सुचारुका लागि तिब्र गतिमा काम गर्ने बताएका छन ।

अबिरल बर्षाका कारण सडकमाथि बाट पहिरो आई सोमबार राती १२ बजे देखि सडक पुर्ण रूपमा अवरुद्ध भएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

भीमदत्त राजमार्गको पहिरो हटाउने कार्य यहि गतिमा हुने हो भने पुर्ण रुपमा राजमार्ग सूचारु हुन अझै कम्तिमा पनि एक साता लाग्ने देखिन्छ ।

बाटो समयमै सञ्चालनमा नआउने हो भने खाद्यान्न लगायत विरामीहरुलाई समेत समस्या पर्ने देखिन्छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.