No.1 News Portal from Sudurpashchim Province
bajaj

सूचनापनि दिन नसक्ने डिलाशैनी, लाग्यो अनियमितता लुकाउन खोजेको आरोप

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाले सूचना दिन आनाकानी गरेको छ । 

सूचनाको हकसम्बन्धी ऐनमा आधारित भएर माग गरिएका सूचना दिन गाउँपालिकाले आनाकानी गरेको सूचना मागकर्ताले आरोप लगाएका छन् ।

डिलाशैनी गाउँपालीकाका स्थानीयले गत श्रावण ४ गते सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) को ऐनअनुसार गाउँपालिमा निवेदन दिएका थिए ।

गाउँपालिकाका सूचना अधिकारी नवीन रानाले उक्त निवेदन बुझ्दै १५ दिनभित्र माग गरिएका सूचना उपलब्ध गराउने आश्वासन दिएको सूचना मागकर्ता बिपिन नाथले बताए। तर, आज (सोमबार) १८ दिन बितिसक्दासमेत सूचना नदिएको उनले बताए ।

‘आज १८ दिनपछि सूचना माग्न गाउँपालिकाको कार्यालय धामीगाउ पुग्यौँ। सूचना उपलब्ध गराउनुको सट्टा निवेदनको प्रक्रिया पुगेन भन्ने जवाफ पालिकाबाट पाए ।’

उनले भने,‘हामीले सबै प्रक्रिया पुगाएर निवेदन दियौँ। दर्तासमेत गरे अहिले १८ दिनपछि निवेदन भएन भन्ने जवाफ दियो। पालिकाले आफूले गरेका गलत कामको ढाकछेप गर्न यस्तो ग¥यो । ’

गत श्रवाण ४ गते पालिकाले कार्यालयमा दर्ता चलानी ३० नम्बर राखेर निवेदन दर्ता गरेको छ ।

pm office

संविधानको २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्बजनिक कुनै पनि बिषयको सूचना माग्न पाउने नियम छ त्यो नियमको पालन नगरी नागरिकले पाउने पर्ने सूचनाबाट पालिकाले बञ्चित गरेको कांग्रेस डिलाशैनी सभापति जयानन्द जोशी बताउछन्। 

उनले भने,‘गाउँपालिकाले धेरै बदमाशी गरेको हुनाले सूचना दिनसमेत पन्छिदैछ। गाउँपालिकाले अनियमितता भ्रष्टाचार गरेको हुनाले सूचना दिनबाट पालिका भागिरहेको छ। अब छिट्टै पालिकाले सूचना उपलब्ध नगराए संघर्षका कार्यक्रम घोषणा गर्छौं। 

सूचना लिनु हरेक नागरिकको अधिकार हो। डिलाशैनीले सूचना उपलब्ध नगराउनुको मुख्य कारण अनियमितता र बेथिति लुकाउनु हो ।’

सूचना मागकर्ताले प्रक्रिया नपुगाएर सूचना मागको निवेदन पालिकामा पेश गरेकोले सूचना दिन नसकेको गाउँपालिका प्रवक्ता यज्ञ भट्ट बताउछन् ।

‘निवेदनको प्रक्रिया पुगेको छैन। सूचना मागकर्ताले प्रक्रिया पुगाएर निवेदन दिएनन्।’

उनले भने,‘कसले सूचना माग गरेको हो त्यसको कुनै प्रमाण छैन । सूचना मागको आधारमा निवेदन दिएर प्रमाण जुटाएपछि मात्रै सूचना उपलब्ध गराउछौँ ।प्रक्रिया आए हामी सूचना दिन्छौं । 

हामीले हरेक नागरिकलाई सूचना दिनु हाम्रो कर्तव्य हो । हामीले सूचना दिन आनाकानी गरेका छैनौँ ।’

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.