No.1 News Portal from Sudurpashchim Province
bajaj

सुन प्रकरणमा पक्राउ परेका भुरा माछालाई लगियो प्रहरी खोरतिर

गोकुलेश्वर । सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीले पाएको छ ।

राजश्व अनुसन्धान विभागले आइतबार थप अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको हो। यसको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई दिएसँगै मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्साल लगिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल पु¥याएपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई जिम्मा दिन लागेको हो ।

pm office

अनौपचारिक रूपमा सिआइबीले शनिबारदेखि नै अनुसन्धान थालिसकेको छ ।

विभागले राजश्व छली कसुरमा अनुसन्धान गरिरहेको थियो। तर यसमा संगठित अपराध, अन्तर्देशीय अपराध पनि देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए ।

त्यसपछि नै विभागले प्रहरी र महान्यायाधिवक्ता दिनमणि पोखरेलसँग छलफल गरी प्रहरीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो ।

प्रहरीलाई बुझाउनुअघि विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा अनुसन्धान पेचिलो बन्दै गएको र यसमा राजश्व छली बाहेक अन्य अपराध पनि भएको देखिएकाले प्रहरीलाई जिम्मा लगाएको बताएका थिए ।

विभागले अहिलेसम्म यस प्रकरणमा १८ जनालाई पक्राउ गरेको छ। जसमध्ये एक जना हाजिर जमानीमा छुटेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.