गोकुलेश्वर। सुदूरपश्चिममा शनिबार थप ४ जना संक्रमितको मृत्यु भएको छ। कैलालीका २ जना, कञ्चनपुर १ र डडेल्धुराका १ जना गरि ४ जनाको मृत्यु भएको हो। भने ७ हजार ९४ जना निको भएर घर फर्किएका छन्।

शनिबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ४१० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा १८५ जनामा संक्रमण पुस्टि भएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३५ हजार २७६ नमूना परीक्षण गर्दा ४१ हजार १२६ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३० हजार ३१२ जनाले कोरोना जितेका छन् भने, ५३८ जनाको मृत्यु भएको छ।



