गोकुलेश्वर। दार्चुलामा शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टिजेन परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो ।

शनिवार संक्रमण पुष्टि हुनेमा दुहुँ गाउँपालिकाका २ जना, ब्याँस गाउँपालिकाका १ जना, नौगाड गाउँपालिकाका १ जना र जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसीटी सहजकर्ता सुजन सुरज बोहराले जानकारी दिए ।
शनिवार ५ जना थपिए सँगै जिल्लामा कोरोना पुष्टि हुने संख्या ८ सय ६५ पुगेको छ भने ६ सय १६ जना निको भइसकेका छन् । कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ ।



