No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा आर्मीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ जना समातिए,कोको हुन पक्राउ पर्नेहरु ?

गोकुलेश्वर।दार्चुलामा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका—३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, वर्ष ४४ का बिशन सिंह नगाल, वर्ष २७ को रमेश सिह महर, ३० वर्षीय देव सिह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका—३ का ५१ वर्षीय श्याम सिह धामी र कैलालीको गोदावरी नगरपालिका—३ कालिकाटोल बस्ने वर्ष ३४ का शंकर भूललाई पक्राउ गरिएको हो ।

pm office

मालिकार्जुन गाउँपालिका—३ बस्ने श्यामसिंह धामीलगायतका ७ जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेय बताए । 

प्रतिवादी नरेन्द्र सिंह महरले म नेपाली सेनाको जागिरे वाला हु, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरुलाई सेनामा भर्ना गरि दिन्छु भर्ना गरे बापत नगद रुपैयाँ दिनुपर्ने हुन्छ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

प्रहरी नायव उपरीक्षक पाण्डेयका अनुसार पीडित ७ जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउँने आश्वासन देखाइएको थियो । 

पक्राउ परेकाहरुको खाता नम्बर र ईसेवामा रकम आएको बताइएको छ । उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.