No.1 News Portal from Sudurpashchim Province
bajaj

बाइक दुर्घटनामा परी अस्ताए प्रहरी जवान कपिल

गोकुलेश्वर । कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा प्रहरी जवानको मृत्यु भएको छ भने पछाडी सवार प्रहरी घाईते भएका छन् ।

pm office

पुर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको टेक्टर र विपरित दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडी सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडाको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.